काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणमा अनियमितता भएको आरोपमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री, तत्कालीन सचिव, पूर्व नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एक उपसचिव तथा निर्माण कम्पनीका प्रतिनिधिसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सार्वजनिक खरिद प्रक्रिया, डीपीआर तयारी, लागत अनुमान तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लगाएको छ। आरोपपत्रमा पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साह र तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरविरुद्ध जनही ३५ करोड रुपैयाँ तथा तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीला कुमारी मुक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध ३९ करोड ३९ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ। साथै निर्माण कम्पनी र त्यसका प्रतिनिधिविरुद्ध पनि मुख्य कसूरदारसरह कारबाहीको माग गरिएको छ।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया