काठमाडौं । चितवनमा आर्थिक वर्ष २०८२/८३ मा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालयहरूमा कुल १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १ हजार २९२ मुद्दा फर्छ्योट भइसकेका छन् भने ५८४ मुद्दा अझै अनुसन्धानकै क्रममा रहेका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामा १ हजार ५५१ जना पक्राउ गरी अदालतमा पेश गरिएको छ भने ६३३ जना फरार छन्। सबैभन्दा धेरै अपराधका घटना भरतपुर महानगरपालिकामा भएका छन्। लागुऔषध, आत्महत्या, बैंकिङ कसुर, चोरी, करणी, कर्तव्य ज्यान तथा सार्वजनिक हितविरुद्धका कसुरका मुद्दा प्रमुख रूपमा दर्ता भएका छन्।
प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया