काठमाडौं। साउन ७ — उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्। कार्यक्रममा नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीसहित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमा राजदूत एल दिवानीले नेपाल–इजिप्टबीच करिब सात दशकदेखिको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध, शिक्षा, पर्यटन, व्यापार, लगानी र कृषि क्षेत्रमा विस्तार हुँदै गएको सहकार्यबारे चर्चा गरे। उनले ‘इजिप्ट भिजन २०३०’ अन्तर्गत पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा तथा डिजिटल रूपान्तरणका क्षेत्रमा भइरहेको प्रगतिबारे पनि जानकारी दिएका छन्।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com