काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी आरती रावललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाइएकी रावललाई अदालतको आदेशपछि कारागार चलान गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीले जानकारी दिए।

आरती रावललाई गत असार २४ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। उनीमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत अनर्गल गालीगलौज गरेको आरोप लागेको थियो। सोही आरोपमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुद्दा चलाएको थियो।

रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन्। यसअघि उनले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोपमा मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामा गिरीले अदालतबाट सफाइ पाइसकेका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com