चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरेको छ।
समितिले शुक्रबार गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो।
लालपुर्जा प्राप्त गर्नेमा इच्छाकामना गाउँपालिकाका ३४ परिवार रहेका छन्। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित परिवारले लालपुर्जा पाएसँगै आफ्नो नाममा जग्गा दर्ता भएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार












प्रतिक्रिया