काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन तथा निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र गठन गर्ने तयारी भइरहेको बताएका छन्। उनले सीमा क्षेत्रमा देखिएका समस्याको समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए।
गुरुङले अब सादा पोशाकमा प्रतिनिधि खटाएर सीमा नाकाको नियमित निरीक्षण गरिने जानकारी दिए। खुला सीमाका कारण हुने अपराध, लागूऔषध ओसारपसारलगायत गतिविधिमाथि कडा निगरानी गरिने उनको भनाइ छ।
उनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको कार्य वातावरण सुधार गरिने र सुस्ताबासीको नागरिकतासम्बन्धी समस्या समाधानको प्रक्रियामा रहेको पनि बताए।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया