काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी प्राप्त भएको जनाएको छ। अघिल्लो वर्षबाट सरेका उजुरीसमेत जोड्दा आयोगले कुल ४० हजार ६५१ उजुरीमाथि काम गरेको जनाएको हो।

आयोगका अनुसार ३२ हजार ७९९ उजुरी (८०.६८ प्रतिशत) फर्छ्योट गरिएको छ भने ७ हजार ८५२ उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका छन्। समीक्षा अवधिमा १७५ वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको छ, जसमा ९९० जनालाई प्रतिवादी बनाउँदै २५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

आयोगले प्राप्त उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको छ। साथै, वेबसाइट उजुरी दर्ताको प्रमुख माध्यम बनेको पनि उल्लेख गरेको छ। प्रमुख आयुक्त प्रेमकुमार राईले अनुसन्धानको गुणस्तर थप प्रभावकारी बनाउन दक्ष जनशक्ति, आधुनिक प्रविधि र अनुसन्धान क्षमताको विकासमा जोड दिएका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com