काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्दै यसतर्फ विद्यार्थीको आकर्षण बढाउन ठोस योजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि), इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) र इन्जिनियरिङ कलेजहरूको छाता संगठन एकोन त्रिवि च्याप्टरका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

छलफलमा त्रिविका उपकुलपति प्रा.डा. भोला थापा, आइओईका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि च्याप्टरका संयोजक धनप्रसाद पौडेलसहित मन्त्रालयका उच्च अधिकारी तथा सम्बन्धित पदाधिकारी सहभागी थिए।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com