काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालय विस्तारप्रति असन्तुष्टि जनाएका छन्। उनले प्रधानमन्त्री बालेनको सचिवालयमा २७ जना नियुक्त गरिएको भन्दै राज्यकोषमाथि आर्थिक भार थपिएको आरोप लगाए।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ११ सदस्यीय सचिवालय रहेको दाबी गरे। तर, बालेन नेतृत्वको सरकारले मन्त्रिपरिषद् सानो बनाएको प्रचार गरिरहे पनि सचिवालयमा नियुक्ति र राज्यको खर्च भने नघटेको उनको भनाइ छ।

‘गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सल्लाहकार ११ जना थिए, अहिले बालेन प्रधानमन्त्री हुँदा २७ जना पुगेछन्,’ बस्नेतले भनेका छन्।

उनले विगतमा मन्त्रिपरिषद् सानो बनाएर राज्यकोषको खर्च घटाएको दाबी गर्नेहरूले अहिले हटाइएका मन्त्री तथा सांसदका निजी सचिवालयका कर्मचारी र सल्लाहकारलाई पुनः नियुक्त गरेर सरकारी सुविधामा राखेको आरोप लगाए।

मन्त्रीको सङ्ख्या घटाए पनि विभिन्न नियुक्ति र सरकारी खर्चमा कमी नआएको भन्दै बस्नेतले राज्यलाई आर्थिक भार थपिएको जिकिर गरे। विगतमा अरूको आलोचना गर्नेहरू अहिले आफैँ पद, नियुक्ति र सुविधाको संरचना विस्तारमा लागेको उनको आरोप छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com