काठमाडौं । प्रदेश सरकार गठनको समीकरणबारे नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच पाँच प्रदेशमा सहकार्य गर्ने सहमति भएको छ।

उच्च राजनीतिक स्रोतका अनुसार शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे समझदारी बनेको हो।

सहमतिअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको सरकारको नेतृत्व नेकपाले गर्नेछ भने कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार गठनको नेतृत्व एमालेले गर्ने गरी सहमति जुटेको बताइएको छ।

मधेस र गण्डकी प्रदेशको सत्ता समीकरणबारे भने नेपाली कांग्रेससँग थप छलफल गरेर टुंगो लगाउने समझदारी भएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com