काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय पुष्पराज चौधरीको डुबेर मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा बस्दै आएका चौधरी पौडी खेल्ने क्रममा डुबेका थिए।
साथीहरूले तत्काल उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया