काठमाडौं । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ७ लाख ५० हजार घुससहित पक्राउ गरेको छ। सेवाग्राहीबाट घुस लिएको उजुरीपछि गरिएको छापामा उक्त रकम बरामद भएको थियो।
खानतलासीका क्रममा स्रोत नखुलेको थप रु ७१ हजार ११५ नगद पनि फेला परेको छ। दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया