काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका छन्।
राजनीतिक समीकरण फेरिएपछि अल्पमतमा परेका कँडेलले अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएका हुन्। सत्ता साझेदार नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि उनको सरकार संकटमा परेको थियो।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया