काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको ६ मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको घटना बाहिरिएको छ।
विभिन्न ह्वाट्सएप समूहमार्फत प्रश्नपत्र फैलिएको प्रमाण भेटिएपछि त्रिवि स्ववियुले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। यता व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले प्रश्नपत्र लिक नभई परीक्षा हलबाट विद्यार्थीले मोबाइलमार्फत बाहिर पठाएको हुन सक्ने दाबी गर्दै छानबिन समिति गठन गरिने बताएका छन्।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार












प्रतिक्रिया