काठमाडौं। भारतको बिहारका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) अध्यक्ष लालु प्रसाद यादवका छोरा तेजप्रताप यादव पक्राउ परेका छन्। उनलाई शनिबार राति पक्राउ गरी १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तेजप्रतापलाई पटनाको बेउर कारागार पठाइएको छ। उनी जुलाई २५ मा आयोजित ‘बिहार बन्द’ कार्यक्रममा सहभागी भएका थिए। उक्त प्रदर्शनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएर रिहा गरेको थियो।

पछि सोही साँझ पटनास्थित एक मलबाट प्रहरीले पुनः पक्राउ गरी नौबतपुर प्रहरी चौकीमा लगेको थियो। त्यसपछि राति अबेर उनलाई मजिस्ट्रेटसमक्ष उपस्थित गराइएको थियो।

उनका कानुन व्यवसायी जगन्नाथ सिंहका अनुसार पक्राउसम्बन्धी जानकारीपत्र (अरेस्ट मेमो) मात्रै उपलब्ध गराइएको छ भने एफआईआरको प्रतिलिपि अझै दिइएको छैन। उनका अनुसार तेजप्रतापमाथि भारतीय दण्ड संहिताअन्तर्गत सार्वजनिक शान्ति भंग हुन सक्ने आशंकासम्बन्धी धारा १०९ तथा सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ।

तेजप्रताप यादवले हालै सामाजिक सञ्जालमार्फत विद्यार्थी आन्दोलनसँग जोडिएको ‘ककरोच जनता पार्टी’का संस्थापक अभिजीत दिपकेलाई बिहारमा आन्दोलन सुरु गर्न आह्वान गरेका थिए।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com