काठमाडौं । कलाकार दीपकराज गिरीले छिमेकी मुलुक भारतमा भएको आन्दोलनको प्रसंग उल्लेख गर्दै त्यहाँको सरकार र आन्दोलनकारी दुवैको प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भारतमा भएको आन्दोलनबाट नेपालले समेत केही सिक्नुपर्ने भन्दै व्यंग्यात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
‘राम्रो कुराको तारिफ गरौँ। भारतमा त्यत्रो ठूलो आन्दोलन भयो। सरकारले विरोधीलाई सुन्यो, उसको माग पूरा गर्यो र राजीनामा दिन लगायो,’ गिरीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आन्दोलनकारीको भूमिकाको समेत प्रशंसा गर्दै आन्दोलनका क्रममा आगजनी तथा तोडफोडजस्ता गतिविधि नभएको उल्लेख गरेका छन्।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार












प्रतिक्रिया