काठमाडौं । कलाकार दीपकराज गिरीले छिमेकी मुलुक भारतमा भएको आन्दोलनको प्रसंग उल्लेख गर्दै त्यहाँको सरकार र आन्दोलनकारी दुवैको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले भारतमा भएको आन्दोलनबाट नेपालले समेत केही सिक्नुपर्ने भन्दै व्यंग्यात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

‘राम्रो कुराको तारिफ गरौँ। भारतमा त्यत्रो ठूलो आन्दोलन भयो। सरकारले विरोधीलाई सुन्यो, उसको माग पूरा गर्‍यो र राजीनामा दिन लगायो,’ गिरीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आन्दोलनकारीको भूमिकाको समेत प्रशंसा गर्दै आन्दोलनका क्रममा आगजनी तथा तोडफोडजस्ता गतिविधि नभएको उल्लेख गरेका छन्।

 

 

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com