काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्।
सचिवालयभित्र उनको भूमिका, कार्यशैली तथा पछिल्ला गतिविधिमाथि गरिएको आन्तरिक समीक्षा पछि उनलाई टोलीबाट अलग गर्ने निष्कर्षमा प्रधानमन्त्रीको टिम पुगेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बन्धित स्रोतका अनुसार करिब डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरणमा खनालको भूमिका, त्यसपछिका उनका गतिविधि तथा समग्र कार्यशैलीबारे गरिएको मूल्याङ्कनपछि सचिवालयमा उनलाई निरन्तर राख्दा प्रधानमन्त्रीको टोलीको छविमा नकारात्मक असर पर्ने निष्कर्ष निकालिएको हो।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया