काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरममा गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।
शनिबार दवाङ–लेक मार्ग क्षेत्रमा गाईबाख्रा चराउन गएका क्रममा पहिरोमा परी ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगर बेपत्ता भएका थिए।
आइतबार गरिएको खोजीका क्रममा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल पठाइएको छ।
उक्त घटनामा ६० वर्षीय कुले घर्तीमगर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र हाल सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार













प्रतिक्रिया