काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ४४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया