काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य  प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएकाे छ। सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ४४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com