काठमाडौं । सुनसरीमा धार्मिक सद्भावमा खलल पुगेको घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि गृहमन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन्।
आइतबार राति सुनसरीमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जमा बस्दै आएका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
गृह मन्त्रालयकी सूचना अधिकारी तथा उपसचिव रमा आचार्य सुवेदीका अनुसार बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायबारे छलफल भएको छ।
यसैबीच, गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। उपसचिव सुवेदीका अनुसार समितिले घटनाका विभिन्न पक्षबारे अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया