काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।
अख्तियारका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार













प्रतिक्रिया