काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको गोलीकाण्डप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै यस्तो संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार बन्नुपर्ने बताएका छन्।

थापाले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न, घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। साथै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम गर्न तथा अफवाह र उत्तेजनाबाट टाढा रही सामाजिक सद्भाव जोगाउन सबै पक्षलाई संयम अपनाउन अपिल गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com