काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको आगामी बैठकको तयारीका लागि प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार १४ साउनदेखि प्रतिनिधिसभाको बैठक पुनः सञ्चालन हुने भएकाले आवश्यक तयारीका लागि बैठक आह्वान गरिएको हो। पछिल्लो समय सरकारले संसद्मा पर्याप्त विधायकी ‘बिजनेस’ उपलब्ध गराउन नसकेको र १५ असारयता प्रतिनिधिसभा क्यालेन्डरबिनै सञ्चालन हुँदै आएको अवस्थामा आगामी कार्यसूची र संसद् सञ्चालनबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com