काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको कप्तानगञ्जमा भएको दोहोरो झडपमा घाइते भएकासँग भेट गरेकी छन् ।

मंगलबार विराटनगरस्थित न्यूरो अस्पताल पुगेर उनले गृहजिल्ला सुनसरीमा भएको घटनाका घाइतेलाई भेटेकी हुन् । उनले घाइतेका अभिभावकलाई पनि भेटिन् ।

उपचारमा कुनै समस्या भए डाक्टरसँग समन्वय गर्न घाइतेका परिवारलाई उनले आग्रह गरेकी छन् । ‘सरकार तपाईंहरुसँगै छ । कुनै समस्या पर्‍यो भने यहाँ हाम्रो साथीहरु पनि हुनुहुन्छ । डाक्टर पनि हुनुहुन्छ । उहाँहरुलाई भन्नुहोला,’ उनले भनिन् ।

साउन १० मा दुई फरक समुदायबीच भएको विवादले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको थियो । कम्मरमाथि गोली लागेका ९ जना उपचाररत छन् । घटनामा प्रहरीसहित २२ जना घाइते भएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com