काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा राष्ट्रियसभामा भइरहेका संसदीय गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

भेटमा संसद्को प्रभावकारिता अभिवृद्धि, राष्ट्रियसभामा विचाराधीन विधेयक तथा आगामी संसदीय कार्यसूचीका विषयमा समेत सामान्य छलफल भएको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले संसदीय प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सुदृढ बनाउन राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिकाबारे चासो व्यक्त गरेको पनि सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com