काठमाडौं। नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता तथा सदस्यहरूलाई कडा निर्देशन दिएको छ। पार्टीले निर्देशन उल्लङ्घन गर्नेहरूलाई विधानअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, अफवाह र उत्तेजनाबाट टाढा रही धैर्य, संयम र संवादमार्फत सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। प्रवक्ता देवराज चालिसेले पीडित परिवारलाई सहयोग, घाइतेहरूको उपचारमा सक्रिय हुन र सामाजिक सद्भाव जोगाउने अभियानमा जुट्न पार्टीका सबै तहलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com