काठमाडौं। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न रहेका चार जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।
नेपाल राष्ट्र बैंकको सिफारिस पत्रका आधारमा शशिधर शर्मासमेत जोडिएको बैंकिङ कसुर मुद्दामा संलग्न उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पक्राउ पर्नेहरूमा बैतडीका रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ तथा रूपन्देहीका शिशिर पौडेल रहेका छन्।
पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया