काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले आफूले गर्नुपर्ने काम गरिरहेका बताएका छन्।

बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानि गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको बताएका हुन्।

‘प्रधानमन्त्रीले आफ्नो भावना, आफ्नो धारणा, प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफ्नो गर्ने काम गरिरहनुभएको छ, गर्नुहुन्छ’, उनले भने,‘हामी कुनै पनि घटनालाई सुरुवात हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन।’

अहिले एक अर्कालाई आरोप लगाउने बेला नरहेको बताउँदै उनले शान्ति सुव्यवस्था कायम गर्ने सबैको दायित्व रहेको बताए।

उनले भने,‘पहिलो हाम्रो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो। अहिले हामीले आरोप प्रत्यारोप, चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनेटमा बोल्यो, कसले कति बजेर कति मिनेट ढिला बोल्यो, हामी यहाँ जाने होइन।’

यस्तै, उनले सबैले आजको संवेदनशीलता बुझ्नुपर्ने भन्दै सामाजिक सद्भाव नभड्कियोस् भन्ने हिसाबले सोच्नुपर्ने बताए।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com