काठमाडौँ । नेकपा (एमाले) ले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने भन्दै दुवैको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरी घटनाले सरकारको शान्ति–सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको बताइन्। उनले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राख्दै प्रधानमन्त्री र गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरिन्।

सांसद अर्यालले यति गम्भीर घटना हुँदा पनि प्रधानमन्त्रीको भूमिका स्पष्ट नदेखिएको भन्दै प्रश्नसमेत उठाइन्। उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com