काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक विश्लेषक रविन्द्र मिश्रले पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा मुलुकको नेतृत्व सम्हाल्न आवश्यक बौद्धिक, मानसिक र भावनात्मक तयारी गर्न सार्वजनिक आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा मिश्रले हृदयेन्द्रलाई ‘सरकार’ भनेर सम्बोधन गर्दै नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा साझा अभिभावकको भूमिकामा राजसंस्था पुनर्स्थापना आवश्यक भइसकेको दाबी गरेका छन्।

उनले पछिल्ला राजनीतिक घटनाक्रम र बाह्य प्रभावको सम्भावनाप्रति संकेत गर्दै मुलुक थप अस्थिरता र संकटतर्फ जान नदिन राजसंस्थाको भूमिका अपरिहार्य बन्दै गएको उल्लेख गरेका छन्। यस्तो आवश्यकता जनस्तरमा पनि क्रमशः बलियो बन्दै गएको उनको दाबी छ।

मिश्रले यही परिवेशलाई ध्यानमा राख्दै हृदयेन्द्र शाहलाई भविष्यमा आउन सक्ने चुनौतीपूर्ण जिम्मेवारीका लागि समयमै आफूलाई सक्षम, परिपक्व र नेतृत्वका लागि तयार बनाउँदै लैजान आग्रह गरेका छन्। उनका अनुसार राष्ट्रको नेतृत्व सम्हाल्न केवल इच्छा मात्र नभई बौद्धिक क्षमता, मानसिक दृढता र भावनात्मक परिपक्वता पनि उत्तिकै आवश्यक हुन्छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com