काठमाडौं । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले चितवनको भरतपुर–१०, बालमन्दिर क्षेत्रमा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आउटलेटको उद्घाटन गरिएको हो। नयाँ आउटलेटमार्फत ग्राहकले एउटै स्थानबाट चार अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्राण्डका गाडी अवलोकन, टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले उपत्यकाबाहिर विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्न सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गरे।

भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालले भरतपुरमा आधुनिक ईभी शोरुम स्थापना हुनु स्थानीयका लागि सकारात्मक उपलब्धि भएको बताए।

त्यस्तै, नबिल बैंकका क्लस्टर हेड टोपप्रसाद अगस्तीले विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई सहज तथा सहुलियतपूर्ण बैंकिङ कर्जा उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको जानकारी दिए।

सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनमार्फत ग्राहकलाई सहज र भरपर्दो चार्जिङ सेवा उपलब्ध गराउँदै आएको बताए। यही पूर्वाधारले कम्पनीलाई नेपालको विश्वसनीय विद्युतीय सवारी प्रदायकका रूपमा स्थापित गर्न मद्दत पुगेको उनको भनाइ छ।

करिब १५० जनाको सहभागिता रहेको उद्घाटन कार्यक्रममा नयाँ ग्राहकलाई सवारीसाधनको साँचो हस्तान्तरणसमेत गरिएको थियो।

कम्पनीले उपत्यकाबाहिर आफ्नो सेवा सञ्जाल विस्तारलाई निरन्तरता दिने जनाएको छ। यसअघि पोखरामा पनि सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा आइसकेको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com