काठमाडौं । सरकारले प्रशासनिक संयन्त्रमा व्यापक फेरबदल गर्दै २३ जना सहसचिवको सरुवा तथा नयाँ जिम्मेवारी निर्धारण गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का २३ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभिन्न संवैधानिक आयोग, कूटनीतिक नियोग तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको छ।

सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, चुस्त र सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले यो सरुवा गरिएको जनाएको छ।

सूचीसहित

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com