काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशको पछिल्लो सुरक्षा अवस्था र सुनसरीमा भएको हिंसात्मक घटनापछिको परिस्थितिबारे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ र प्रधानमन्त्रीले आजै राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने विषय तथा सरकारका आगामी कदमबारे प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सरकारले पछिल्ला घटनालाई गम्भीर रूपमा लिँदै शान्ति–सुरक्षा सुदृढ बनाउन तथा सामाजिक सद्भाव कायम राख्न विभिन्न प्रशासनिक र सुरक्षा उपायहरू अघि बढाइरहेका बेला प्रधानमन्त्रीको यो सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com