काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेका छन्।
बिहीबार राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरेका हुन्।
यससँगै निर्वाचन आयोगका आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा पनि नियुक्त भएका छन्। वाग्ले ओखलढुंगाका हुन् भने डा. सुब्बा काठमाडौं निवासी हुन्।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीको नेतृत्वमा अब निर्वाचन आयोगले आगामी निर्वाचन व्यवस्थापन, मतदाता नामावली अद्यावधिक, निर्वाचन सुधार तथा अन्य संवैधानिक जिम्मेवारीहरू अघि बढाउनेछ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया