काठमाडौं। आन्दोलनरत लघुवित्त पीडितसँग संवाद र समस्या समाधानका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिइएको छ। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन् भने अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेका छन्। समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बस्दैछ र त्यसलगत्तै पीडितसँग औपचारिक वार्ता सुरु हुने जनाइएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया