काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा जिल्लाको सोरेन्ज क्षेत्रमा रहेको कोइला खानीमा भएको दुर्घटनामा ज्यान गुमाउने श्रमिकको संख्या ३४ पुगेको छ।
स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनास्थलबाट हालसम्म ३४ जनाको शव निकालिएको छ भने खानीभित्र फसेका थप दुई श्रमिकको खोजी तथा उद्धार कार्य जारी छ। यो दुर्घटना चालु वर्ष बलुचिस्तानमा भएको सबैभन्दा ठूलो खानी दुर्घटनाका रूपमा रहेको जनाइएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरिरहेको छ।
घटनापछि बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले दुर्घटनाको कारणबारे विस्तृत प्रतिवेदन माग गर्दै निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।
यस्तै, खनिज मन्त्री मीर शोएब नोशिरवानीले मृतकका परिवारलाई ५ लाख पाकिस्तानी रुपैयाँ र घाइतेलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराइने घोषणा गरेका छन्।
क्वेटाबाट करिब ४० किलोमिटर पूर्वमा रहेको सोरेन्ज क्षेत्रमा सुरक्षा मापदण्ड कमजोर भएका कारण विगतमा पनि यस्ता खानी दुर्घटनाहरू दोहोरिँदै आएका छन्।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया