काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको हो।

 

त्यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ  कायम भएको हो।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com