काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ कायम भएको हो।
प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया