सिराहा । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन् ।

सुनसरी घटनालाइ लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारलाई गृहमन्त्रीले भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले मृतकले न्याय नपाउन्जेल गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएका छन् ।

हातमा प्लेकार्ड बोकेर बालेन सरकार र गृहमन्त्रीविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् । गोली प्रहार हुँदा १५ वर्षीय बालकको मृत्यु भएकोमा स्थानीय आक्रोशित छन् ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com