काठमाडाैं । नेपाल प्रहरीले देशभरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित १५ जना उच्च प्रहरी अधिकारीलाई विभिन्न क्षेत्रमा परिचालन गरेको छ।

हाल विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी जनशक्तिको परिचालन, स्रोत–साधनको प्रभावकारी उपयोग, सुरक्षा योजनाको कार्यान्वयन तथा समग्र सुरक्षा अवस्थाको अनुगमन र मूल्याङ्कनका लागि उच्च अधिकारीलाई फिल्डमा पठाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एआईजी सिद्धी विक्रम शाह लाई बाँके क्षेत्रमा खटाइएको छ। त्यसैगरी एआईजी हिमालयकुमार श्रेष्ठ लाई मधेस प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदी लाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्की लाई कोशी प्रदेशमा परिचालन गरिएको छ।

नेपाल प्रहरीका अनुसार देशभरको सुरक्षा संयन्त्रलाई थप चुस्त, समन्वयात्मक र प्रभावकारी बनाउन कुल १५ जना उच्च प्रहरी अधिकारीलाई विभिन्न रणनीतिक क्षेत्रमा खटाइएको हो।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com