काठमाडौं । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि लागू गरिएको आदेश शनिबारदेखि औपचारिक रूपमा अन्त्य गरिएको हो।
सिरहाको गोलबजार घटनापछि उत्पन्न तनाव कम हुँदै गएपछि र पीडित परिवार तथा सरकारबीच आठबुँदे सहमति भएपछि आन्दोलनरत विभिन्न हिन्दूवादी संघ–संस्थाले विरोध कार्यक्रम स्थगित गरेका छन्। त्यससँगै वीरगञ्ज र आसपासका क्षेत्रमा बजार, यातायात, उद्योग–व्यवसाय तथा दैनिक जनजीवन पुनः सामान्य अवस्थामा फर्किन थालेको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया