काठमाडौं । दक्षिण–पूर्वी नाइजेरियामा सक्रिय जिहादी समूह बोको हरामले गरेको आक्रमणमा कम्तीमा १० सरकारी सैनिकको मृत्यु भएको छ। आक्रमण डिफा प्रान्तको एनगुइग्मी नजिक भएको बताइएको छ। घटनापछि सेनाले प्रभावित क्षेत्रमा सुरक्षा अभियान तीव्र बनाएको छ।
बोको हरामले सन् २००९ देखि नाइजेरिया तथा आसपासका क्षेत्रमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। यस विद्रोहका कारण हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन्। हिंसा नियन्त्रणका लागि क्षेत्रीय सैन्य सहकार्यसमेत जारी छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया