काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले आफ्नो निवास, पार्टी कार्यालय र त्यहाँ रहेका ऐतिहासिक सामग्रीमा भएको आगजनी तथा तोडफोडलाई नेपालको राजनीतिक इतिहासमाथिको आक्रमणको संज्ञा दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्मान ग्रहणपछि बोल्दै नेपालले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भएको आगजनीबाट वर्षौँदेखि संकलन गर्दै आएका बहुमूल्य डायरी, ऐतिहासिक दस्तावेज, पुस्तक तथा अन्य महत्वपूर्ण सामग्री नष्ट भएको बताए।

उनले आगजनीका कारण नेकपा एमालेको पुस्तकालयमा रहेका दुर्लभ पुस्तकहरू समेत जलेर नष्ट भएको उल्लेख गर्दै इतिहासका महत्वपूर्ण प्रमाणहरू मेटाउने प्रयास भएको टिप्पणी गरे।

माधवकुमार नेपालले ती सामग्री केवल व्यक्तिगत सम्पत्ति नभई नेपालको राजनीतिक इतिहासका जीवित प्रमाण रहेको उल्लेख गर्दै यस्ता घटनाले इतिहास नै मेटाउने प्रयास भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com