काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि भरपर्दो सञ्चार सेवाबाट वञ्चित स्थानीय बासिन्दाले अब उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न पाउने भएका छन्।
यसअघि सामान्य फोन गर्नसमेत डाँडामा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयका लागि फोरजी सेवा ठूलो राहत बनेको छ। अब विद्यार्थीलाई अनलाइन अध्ययन, सर्वसाधारणलाई डिजिटल तथा सरकारी सेवा लिन, साथै पर्यटन, व्यवसाय र आपतकालीन सञ्चारमा सहज हुने अपेक्षा गरिएको छ। स्थानीयले यो सेवा दुर्गम बस्तीको विकास र विश्वसँगको प्रत्यक्ष सम्पर्कतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया