काठमाडौं । धनुषा जिल्लामा जारी निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचना जारी गर्दै शनिबार बिहान १० बजेदेखि लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय भएको जनाएको हो।
आन्दोलनरत पक्षले आफ्ना सबै कार्यक्रम फिर्ता लिएपछि सुरक्षा अवस्था सुधार हुँदै गएको र जनजीवन सामान्य बन्दै गएको निष्कर्षसहित जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया