काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया