काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्ति प्रक्रियाले नयाँ चरण प्रवेश गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको हो।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि वर्णानुक्रमका आधारमा १० जनाको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ।

संक्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने परेका छन्।

समितिले सर्टलिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय–सुझाव पनि मागेको छ। इच्छुक व्यक्तिले साउन २० गतेभित्र उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्नो प्रतिक्रिया वा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ।

उम्मेदवारहरूको प्रस्तुतीकरण (प्रेजेन्टेसन) र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा सञ्चालन हुने समितिले जनाएको छ। त्यसपछि छनोट समितिले योग्य उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com