काठमाडौं। नेपाल भलिबल संघले चालु आर्थिक वर्ष २०८३/८४ मा गर्ने खेल तथा अन्य कार्यक्रम सार्वजनिक गरेको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर वर्षभर हुने प्रतियोगिता, रेफ्री कोर्ससहित १९ वटा कार्यक्रम सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार प्रतियोगिता र अन्य गरेर १२ वटा कार्यक्रम भुटान, जापान, माल्दिभ्स, काठमाडौँ, सुर्खेतमा हुनेछन् । बाँकी ७ वटा कार्यक्रम स्थल र समय तय भइसकेको छैन ।
सबै कार्यक्रम सम्पन्न गर्न २० करोड रुपैयाँ बराबर खर्च हुने भलिबल संघको अनुमान छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १८ श्रावण २०८३, सोमबार













प्रतिक्रिया